Main News

सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

हिमालय टिभी
२०७९ चैत २७ गते १६:२५
सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

२७ चैत २०७९ काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राख्नुभएको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले उक्त रुलिङ गर्नुभएको हो ।

“विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ”, सभामुख घिमिरेले भन्नुभयो, “प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु ।”

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७८\७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *