Main News

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

हिमालय टिभी
२०७९ चैत २७ गते १३:५८
एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

२७ चैत २०७९ काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

यसअघि आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका थिए ।

नयाँ गठबन्धन बनेपनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएर सरकारमै बसिरहेको एमालेले अन्ततः मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट बाहिरिएको हो ।

केन्द्रको नयाँ समीकरण अनुसार कर्णालीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, चैत १७ मा दोस्रो पटक विश्वासको मत दिएर एमाले सरकारमै बसेपछि कांग्रेस असन्तुष्ट बनेको थियो ।

मुख्यमन्त्री शर्माले त्रिदलीय सरकार बनाउने बारे छलफल चलाएपनि कांग्रेसले प्रस्ताव अस्वीकार गरेको थियो । अब फेरि मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *