Main News

देशको अर्थतन्त्र एमालेले मात्रै सुधार्न सक्छ : अध्यक्ष ओली

२०७९ चैत २६ गते १७:३०
देशको अर्थतन्त्र एमालेले मात्रै सुधार्न सक्छ : अध्यक्ष ओली

२६ चैत २०७९ धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र एमालेले मात्र सुधार गर्न सक्ने बताउनु भएको छ ।

धादिङको रुविभ्यालीमा भएको कार्यक्रममा अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्त बनेको दाबीसमेत गर्नुभयो ।

देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो ।

पहिलो पटक रुविभ्यालीमा पाइला टेकेको भएपनि रुविभ्यालीमा आइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्दै अध्यक्ष ओलीले रुविभ्यालीमा पाइने रुवि ढुंगा, सिलाजित लगायतका बहुमूल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको बताउनुभयो ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकप्टरमार्फत पुग्नु भएका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरुको पनि अवलोकन गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *