Main News

दुर्गा प्रसाईँसँग दुई करोड माग्ने रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २६ गते १४:२३
दुर्गा प्रसाईँसँग दुई करोड माग्ने रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित (भिडियो रिपोर्टसहित)

२६ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकाकुमार श्रेष्ठलाई पार्टीले कारवाही गरेको छ ।

सांसद श्रेष्ठले व्यापारी दुर्गा प्रसाईंसँग दुई करोड रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले कारवाही गरेको हो । उहाँको पार्टी सदस्यता समेत नरहने गरी कारवाही गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभएको छ । पार्टीले अडियोबारे छानविन गर्न समिति समेत बनाएको छ ।

यस्तो छ, सांसद ढाका कुमार श्रेष्ठ र दुर्गा प्रसाईंबिचको अडियो संवाद

समानुपातिकबाट सांसद बनेका ढकाकुमारलाइ सांसदबाट हटाउन पार्टीको संसदीय बोर्डले संसद सचिवालय र निर्वाचन आयोगलाई पत्राचार गरेको छ । पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने समयमा रास्वपाले स्वास्थ्यमन्त्रीमा दाबी गरेको थियो ।

त्यसबेला श्रेष्ठको नाम चर्चामा थियो । सार्वजनिक भएको अडियोमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको सुनिन्छ । त्यसको जवाफमा प्रसाईंले आफूले २ करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् ।

अडियो संवाद सार्वजनिक भएपछि सांसद श्रेष्ठले भने– ‘त्यो मेरो आवाज होइन’

अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई कारबाही गरेको हो । तर हिमालय टेलिभिजनको कुराकानीमा ढकाकुमारले आफूले पैसा मागेको आरोप झुट भएको बताएका छन् । उनले अडियो एडिट गरिएको आरोप लगाएका छन् ।

दुर्गा प्रसाईँको प्रतिक्रिया

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *