आर्थिक

ठमेलको पर्यटन व्यवसाय लयमा फर्कदैं (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २५ गते २०:४८
ठमेलको पर्यटन व्यवसाय लयमा फर्कदैं (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ काठमाडौं । काठमाडौंस्थित ठमेल र पर्यटक एक अर्काका पर्याय हुन् । ठमेलको सिंगो व्यापार र व्यवसाय नै पर्यटकमा निर्भर छ । कोरोनाका कारण पर्यटक घट्दा ठमेल केही समय संकटमा देखिए पनि अहिले भने जुर्मुराउन थालेको छ । योसँगै व्यवसायी पनि उत्साहित छन् ।

संघीय राजधानी काठमाडौंस्थित ठमेल क्षेत्र देशकै मुख्य पर्यटकीय गन्तव्य पनि हो । कोरोना महामारीका कारण सुस्त बनेको ठमेल पुन लयमा फर्कदैं छ ।०

काठमाडौँ ओर्लिएका पर्यटकलाई लोभ्याउन र बसाइ लम्ब्याउन ठमेलले सधैँ महत्वपूर्ण भूमिका खेल्छ । यही ठमेल कोरोनापछि सुस्ताएको थियो । महामारी घट्दै जाँदा आशा पलाउन थालेको छ । नेपालमा गत मार्च महिनामा मात्रै भारत, अमेरिकासहित विभिन्न देशबाट हवाईमार्ग हुँदै ९९ हजार चार सय २६ पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

सन् २०२३ मा कुन महिनामा कति पर्यटक आए ?
जनवरी ५५,०७४
फेब्रुअरी ७३,२५५
मार्च ९९,४२६

मार्च महिनामा सार्क राष्ट्रबाट ३३ हजार चार सय ५४, अन्य एशियाली मुलुकबाट १५ हजार छ सय ४३, युरोपबाट २३ हजार दुई सय ६५ तथा अन्य राष्ट्रबाट तीन हजार नौ सय ५८ पर्यटक नेपाल आएका छन् ।

पर्यटक बढ्दा होटल व्यवसाय चलायमान भए पनि साना व्यवसायी भने खासै लाभ लिन सकिरहेका छैनन् । यद्यपी उनीहरु थप सुधारको आशमा छन् ।

अप्रिल र मे महिना पनि पर्यटक आउने सिजन हो । सन् २०२० मा सरकारले भ्रमण वर्ष मनाउने तयारी गर्दा करोडौँ लगानी गरेका व्यवसायीलाई कोभिडले प्रभावित गरेपनि अहिले बढेको पर्यटकको संख्याले लगानी उठ्ने व्यवसायीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *