Main News

अपार्टमेन्टको बदमासीले बखुण्डोलमा भासिए घर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २५ गते २०:३४
अपार्टमेन्टको बदमासीले बखुण्डोलमा भासिए घर (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ काठमाडौं । ललितपुरको बखुण्डोलस्थित समिट अपार्टमेण्टको जग खन्ने क्रममा जमिन भासिदा स्थानीय मारमा परेका छन् ।

निर्माण भइरहेको अपार्टमेण्टको नक्सा पाससमेत नभएको स्थानीयको आरोप छ । घर भासिएपछि स्थानीयले तत्कालका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रशासनसँग माग राखेका छन् ।

ललितपुरको बखुण्डोलमा चौधरी ग्रुप अन्तर्गतको समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । गएराति अपार्टमेन्ट वरपरका घर भासिएपछि ज्यान जोगाउन स्थानीयको भागाभाग नै भएको छ ।

भागाभागका क्रममा केही घाइतेसमेत भएका छन् । नक्सा पास नै नगरी अपार्टमेन्ट बनाउन सुरु गरिएको र आफूहरुसँग सल्लाहसमेत नगरेको स्थानीयको आरोप छ । स्थानीयले तत्काल बसोबासको व्यवस्था मिलाइदिन माग गरेका छन् ।

निर्माणाधीन अपार्टमेन्ट वरपरका घरहरु एक तलासम्म भासिएका छन् । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबास विहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्नु पर्ने स्थानीयको माग छ ।

ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्नु भएको छ ।

स्थानीयले दवाव दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *