देशको प्रमुख शक्ति एमाले नै हो : अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)

२५ चैत २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्ति भएको दाबी गर्नुभएको छ ।
पार्टी निकट अखिल नेपाल महिला संघको आज काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टी भन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताउनुभयो ।
एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाइएको बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिनुभयो । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै उहाँले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराउनुभयो ।
ओलीले अखिल नेपाल महिला संघले पनि समृद्ध नेपालः सुखी नेपाली बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया