Main News

सडकपेटीका प्रहरी बिट भत्काउन मेयर शाहको आग्रह

हिमालय टिभी
२०७९ चैत २५ गते १३:०७
सडकपेटीका प्रहरी बिट भत्काउन मेयर शाहको आग्रह

२५ चैत २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रमुख शाहले नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको भन्दै संरचना हटाइदिन आग्रह गर्नुभएको हो । प्रहरीले नहटाए समतामूलक कानूनको प्रयोग गरी संरचना भत्काउन बाध्य हुने शाहको चेतावनी छ ।

शाहले फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर फुटपाथमा व्यापार गर्न रोकेको र यो नियम सर्वसाधारणका लागि मात्रै नभइ सबैका लागि हुनु पर्ने टिप्पणी गर्नुभयो ।

प्रमुख साहले महानगरपालिकाभित्र १९ प्रहरी बिटले बाटोमा संरचना बनाएको भन्दै विस्तृत जानकारी पनि सामाजिक सञ्जालमा राख्नु भएको छ ।

उहाँले राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडी बढाइ दिन पत्राचार गरिसकेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *