Main News

कमजोर स्वास्थ्य सेवा : प्रधानमन्त्री भाषणमा, नागरिक पीडामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २४ गते २०:४४
कमजोर स्वास्थ्य सेवा : प्रधानमन्त्री भाषणमा, नागरिक पीडामा (भिडियो रिपोर्टसहित)

२४ चैत २०७९ काठमाडौं । आज विश्व स्वास्थ्य दिवस । सबैका लागि स्वास्थ्य नारा सहित नेपालमा पनि मनाइएको छ । विश्व स्वास्थ्य दिवस मनाइरहँदा नाराले भने जस्तै नागरिकले स्वास्थ्य सेवा पाएका छन् त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै के नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाएका छन् रु एकैछिन सुर्खेतबाट आफन्तको उपचारको लागि वीर अस्पताल आउनु भएका टिका गौतम र अमृता गौतमको गुनासो सुनौं ।

टिका र अमृता स्वास्थ्य विमा गरेवापतको रकमकै लागि हप्तौ कुर्न बाध्य हुनुभयो । अन्य उपाय उहाँहरुसँग छैन । अस्पतालमा उपचारको लागि घण्टौं लाइन र अन्य समस्यासहितको पिडा त छँदै छ ।

पैसा भए उपचार पाउने, नत्र रोग बोकेर मृत्यु कुर्नुको विकल्प नभएका पनि धेरै छन् ।

एउटा सिटामोल बाहेक अन्य कुनै पनि सेवा नपाएर छट्पटिन मात्रै सकेका नागरिकको पिडा उराठलाग्दो छ ।

सरकारको नारा छ, सबैका लागि स्वास्थ्य । तर उपचारको अभावमा भौंतारिरहेका नागरिक यो सबै भित्र हामी किन परेनौं भन्ने प्रश्न गर्छन् । अनि उत्तर । मन्त्री प्रधानमन्त्रीको भाषणमा मात्रै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *