Main News

पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय (भिडियो रिपोर्टसहित)

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा

हिमालय टिभी
२०७९ चैत २४ गते १३:१२
पदमबहादुर लिम्बूूलाई शहीद घोषणा गर्ने सरकारको निार्णय (भिडियो रिपोर्टसहित)

२४ चैत २०७९ काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा भएको आन्दोलनका क्रममा मारिएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गरेको छ ।

सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । चैत ५ गते पहिचानवादीको आन्दोलनको क्रममा घाइते भएका लिम्बुको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

घटनाबारे छानबिन गर्न सरकारले समिति बनाएको थियो । कोशी सरकारले यसअघि लिम्बूको परिवारलाई ३ लाख राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो । धरान–१५ का लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।

उनी २०५२ देखि लिम्बूवान आन्दोलनमा थिए । बैठकले कोशी नामकरणपछि भइरहेको आन्दोलनलाई लिएर प्रदेशसँग वार्ता गरेर अघि बढ्न संघीय सरकारले सहजीकरण पनि गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो।

डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा हुनुभएको छ ।

गत असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए । ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *