खेलकूद

महिला फुटबल एशिया छनोटः नेपाल र भियतनाम भिड्दै

हिमालय टिभी
२०७९ चैत २२ गते ९:२१
महिला फुटबल एशिया छनोटः नेपाल र भियतनाम भिड्दै

२२ चैत २०७९ काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिष्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिष्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद् नतिजाको अपेक्षासहित मैदान उत्रनेछ । जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ ।

भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ । फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्