खेलकूद

प्रधानमन्त्री थ्रि नेसन्स कप : नेपाल र भूटान भिँड्दै

हिमालय टिभी
२०७९ चैत १४ गते ९:३९
प्रधानमन्त्री थ्रि नेसन्स कप : नेपाल र भूटान भिँड्दै

१४ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ ।

नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो ।

त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले नै पर्याप्त हुनेछ । भुटानविरुद्ध जित वा बराबरीले नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ । भुटानसँग २-० को हारले पनि नेपाल फाइनल पुग्नेछ ।

भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन ।

उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुनेछ । नेपालले भुटानलाई पराजित गरे बराबरी खेलेमा नेपालसँगै लाओस फाइनल पुग्नेछ । फाइनल खेल आउने बिहीबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्