खेलकूद

चौथौ वीर गणेशमान सिंह रोड रेसमा विभागीय टोलीको वर्चस्व

हिमालय टिभी
२०७९ चैत ११ गते १६:०९
चौथौ वीर गणेशमान सिंह रोड रेसमा विभागीय टोलीको वर्चस्व

११ चैत २०७९ काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् ।

गणेशमान सिंह फाउण्डेसनले गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१ दशमलब ७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि जिते । राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३।२ सेकेण्डमा पूरा गर्दै महिलातर्फको उपाधि उचालेकी हुन् ।

राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन् । यसअघि उनको नाममा ३७ मिनेट १०।५ सेकेण्डको कीर्तिमान थियो । दरबारमार्गस्थित शेर्पा मलबाट शुरु भएको रेसमा एपीएफका गोपीचन्द्र पार्कीले दोस्रो स्थान हाँसिल गरे । साविक विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ३८।६८ सेकेण्ड दौड पूरा गरे ।

यस्तै तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७।४२ सेकेण्डमा दौड पूरा गर्दा आर्मीका सञ्जय श्रेष्ठ चौथो र केन्याका सिमोन किपगेट पाँचौं भए ।

यस्तै महिलातर्फ पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४।१५ सेकेण्डको समय निकाल्दै दोस्रो हुँदा एपिएफकी पुष्पा भण्डारीले निर्धारित दूरी ३८ मिनेट २६।०३ सेकेण्डमा पूरा गरेर तेस्रो भइन् । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने चौथो र एपीएफकी विन्द्र श्रेष्ठ पाँचौं स्थानमा रहे ।

प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । चौथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन् । कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्