खेलकूद

नेपालको सहज जित, लाओस २–० ले पराजित

हिमालय टिभी
२०७९ चैत ८ गते २१:२६
नेपालको सहज जित, लाओस २–० ले पराजित

८ चैत २०७९ काठमाडौं । लाओसमाथि २–० को जित निकाल्दै आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा बुधवार विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा १ सय ७५ औं स्थानको नेपालले १ सय ८२ औं स्थानको लाओसलाई २–० गोल अन्तरले हराउँदै नेपालले सुखद शुरुवात गरेको हो । सहज जित निकाल्ने क्रममा नेपालका लागि अनन्त तामाङले पहिलो र नवयुग श्रेष्ठले दोस्रो हाफमा एक÷एक गोल गरे ।

खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाले प्रहार गरेको कर्नर बलमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । यस गोलसँगै अनन्तले रािष्ट्रय टोलीका लागि तेस्रो गोल गरेका छन् ।

त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–० को सहज अवस्थामा पु¥याएका थिए । कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिदै नवयुगले उत्कृष्ट गोल गरेका हुन् । नेपालका लागि उनको यो आठौं गोल हो । पछि परे पनि सम्हालिएको प्रदर्शन गरेको लाओसले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भयो । यस्तै दुई अवसरलाई नेपाली डिफेन्डरले विफल पारेका थिए । खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । फाइनल प्रवेश सम्भावन बलियो बनाएको छ । अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । त्यस्तै चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन । यससँगै नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीको प्रशिक्षणमा पहिलो खेलमा नै सुखद नतिजा निकालेको छ ।

उनको प्रशिक्षणमा नेपाली तीन खेलाडीले डेब्यूको मौका पाए । सुरुआती रोजाईमा सनिस श्रेष्ठ पर्दा मणिकुमार लामा र दीपकराज सिंह ठकुरीले दोस्रो हाफमा डेब्यु गरेका हुन् । यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्