खेलकूद

क्वालिफायरमा छनोट भएको टोलीका सदस्यलाई जनही तीन लाख दिने सरकारको घोषणा

हिमालय टिभी
२०७९ चैत ३ गते १३:०७
क्वालिफायरमा छनोट भएको टोलीका सदस्यलाई जनही तीन लाख दिने सरकारको घोषणा

३ चैत २०७९ काठमाडौं । सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनही तीन लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । उहाँले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको बताउनुभयो ।

यस्तै, बागमती प्रदेश सरकारले पनि खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

प्रदेशका आर्थिक माामिला तथा योजनामन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाले प्रदेश सरकारले प्रोत्साहनस्वरुप खेलाडीलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न जानकारी दिनुभयो ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा हिजो यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्