खेलकूद

नेपाल र युएई भिड्दै

हिमालय टिभी
२०७९ चैत २ गते ९:१०
नेपाल र युएई भिड्दै

२ चैत २०७९ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले आज युएईको सामना गर्दैछ ।

पाहुना टोली युएईसँगको खेल आज बिहान साढे ९ बजेबाट कीतिपुरमा शुरु हुनेछ । २०१९ बाट शुरु विश्वकप लिग टु सिरिजको समेत यो अन्तिम खेल हो ।

घरेलु टोली नेपाल जित निकाल्दै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ । यही त्रिकोणत्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी जित हासिल गरेको थियो ।

नेपाल आज पनि त्यही लय दोहोर्याउने लक्ष्यमा रहेको छ । नेपालले लिग टू का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्