खेलकूद

राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक एनिसकाे याेजना (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३० गते २१:२१
राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक एनिसकाे याेजना (भिडियो रिपोर्टसहित)

३० फागुन २०७९ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनिसलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको छ । दुई साता अघि नेपालको मुख्य प्रशिक्षक नियुक्त एनिस पहिलो पटक सञ्चारमाध्याममा खुलेरै प्रस्तुत भए ।

पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजिनामा दिएको ६ महिना पछि नेपाली राष्ट्रिय फुटबल टोलीले पाएको मुख्य प्रशिक्षक इटालीका नागरिक भिन्सेन्जो अल्बर्टो एनिस मिडियासामु आफ्ना नीतिसहित प्रस्तुत भए ।

दुई साता अघि नेपाल आएका एनिस पत्रकार सम्मेलनमा आत्मविश्वासी देखिन्थे । नेपाली टीमलाई अघि बढाउने खाका पेश गर्दै एनिसले आफ्नै करिअरका लागि पनि नेपाली टिमसँगको सहकार्य महत्वपूर्ण हुने बताउँछन् ।

२–३ वर्षदेखि नेपाली फुटबललाई नजिकबाट नियालिरहेको बताउँदै केहि नेपाली खेलाडीको कुशलताबारे आफु जानकार रहेको र त्यो लयलाई थप मजबुत बनाउन आफु थप मेहनत गर्ने बताए ।

नेपाल आउनु अघिनै उनी भारतमा आई लिग खेलिरहेका गोलकिपर किरण चेम्जोङ र इण्डोनेसियाको लिग वान खेलिरहेका रोहित चन्द जस्ता स्टारहरूसँग परिचित छन् । सन् २०१८ मा इन्डोनेसियाको लिग वानमा सर्वोत्कृष्ट खेलाडी बन्दै रोहितले पर्सिजा जकार्तालाई उपाधि दिलाउँदा एनिस त्यहि लिगको अर्को टोली पिएसआईएस सेमाराङको प्रशिक्षकको जिम्मेवारीमा थिए ।

त्यस्तै राउन्ड ग्लास पन्जाबबाट आई लिग खेल्दा किरणले एनिसको प्रशिक्षणमा रहेको गोकुलम केरलासँग खेलेको थियो । यि दुई बाहेक उनले जारी ए डिभिजन लिगबाट खेलाडीको प्रदर्शन समेत नियालिरहेका छन् । र खेलाडीको क्षमता र भावि कदमबारे उनले योजनाको खाका कोरिरहेका छन् ।

नेपाली खेलाडी क्षमतावान रहेपनि अनुभवको खाँचो देखेका एनिस सिनियर टोलीका अधिकांश खेलाडी विदेशमा रहेको फाइदा नयाँ खेलाडीबाट लिने योजनामा छन् । तर टोलीमा एकै पटक व्यापक हेरफेर गरिहाल्ने पक्षमा भने देखिदैनन् ।

अफ्रिका, युरोप र एसियाका ९ देशमा काम गरिसकेका उनले यसअघि उत्तर अमेरिकी देश बेलिजको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । यस बाहेक गोकुलम केरलालाई २ पटक आई लिगको उपाधि दिलाएका उनी पछिल्लो समय इण्डियन सुपर लिग क्लब नर्थ इस्ट युनाइटेडको प्रशिक्षकको जिम्मेवारीमा थिए । अ

ब नेपालले उनको प्रशिक्षणमा चैत ८ देखि १७ गतेसम्म काठमाडौंमा हुने थ्री नेसन्स कपमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ । युवा प्रशिक्षक एनिसको परिक्षा पनि यहिँबाट शुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्