खेलकूद

नेपालद्वारा युएईसामु २४९ रनको लक्ष्य प्रस्तुत, कप्तान रोहितको अर्धशतक

हिमालय टिभी
२०७९ फागुन २८ गते १३:३१
नेपालद्वारा युएईसामु २४९ रनको लक्ष्य प्रस्तुत, कप्तान रोहितको अर्धशतक

२८ फागुन २०७९ काठमाडौं । आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले जितका लागि युएईलाई २ सय ४९ रनको चुनौती दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन बनायो । खराब सुरुवात गरेको नेपालले एक समय २२ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । तर चौंथो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले ५४ रनको अर्धशतकीय साझेदारी गर्दै पाली सम्हाले ।

२२ औं ओभरमा भिम २९ रन बनाएर आउट हुँदा रोहितले आरिफ शेखसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई उकासे । ३८ ओभरको तेस्रो बलमा रोहित ७७ रन बनाएर जुनैद सिद्धिकीको बलमा क्याच भए । आरिफले ४३ रन बनाउँदा गुल्शन झाले ३७ रन बनाए ।

तल्लो क्रममा दीपेन्द्र सिंह ऐरीले ३४ रन जोडे । बलिङमा युएईका आयान अफजल खान, रोहन मुस्तफा, जहुर खान र जवार फरिदले २-२ विकेट लिए ।

अंक तालिकाको शीर्ष ३ मा पर्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई योसहित बाँकी २ वटै खेल जित्नु पर्ने दबाब छ ।

त्यस्तै, ओडिआई मान्यता जोगाउन नेपाललाई कम्तीमा १ जितको आवश्यकता छ । युएईलाई पनि सोझै ओडिआई मान्यता कायम राख्न जितको आवश्यकता छ । यूएई शीर्ष ३ को दौडबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्