आर्थिक

बढ्यो सरकारी कोषको घाटाको आकार, अर्थतन्त्रमा खतराकाे घण्टी (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २७ गते २०:५३
बढ्यो सरकारी कोषको घाटाको आकार, अर्थतन्त्रमा खतराकाे घण्टी (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७९ काठमाडौं । विदेशी मुद्राको सञ्चिती, भुक्तानी सन्तुलन, रेमिट्यान आप्रवाह लगायत अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशस् सुधार भएको छ । तर, लक्ष्य अनुसार राजस्व संकलन नहुँदा सरकारी कोषको घाटाको आकार भने बढेको छ । यसले अर्थतन्त्रमा अर्को खतराको घण्टी बजाएको छ ।

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । १ खर्ब ४१ अर्बले घाटामा रहेको शोधनान्तर स्थिति पनि ९७ अर्ब १० करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मुलुकको बाह्य क्षेत्र क्रमिकरुपमा सुधार हूँदै गएको छ। तर लक्ष्य अनुसार राजस्व संकलन नभएपछि सरकारी कोषको घाटा बढ्दो क्रममा छ । आम्दानी भन्दा खर्च कम हुँदा फागुन २५ गतेसम्म सरकारी कोष १ खर्ब ५४ अर्ब रुपैयाँले घाटामा छ । राजस्व, वैदेशिक अनुदान र ऋणबाट सरकारले ५ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ भने ७ खर्ब ६१ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि लक्ष्यभन्दा १६ प्रतिशत कम राजस्व संकलन हुँदा सरकारको आम्दानी घटेको छ । तर, सोही अवधिमा आम्दानीभन्दा खर्च बढी भएकाले सरकारी कोषको घाटा बढेको हो । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारी कोष अहिलेसम्मकै खराब अवस्थामा पुग्ने देखिएको छ । आर्थिक वर्ष २०७५र०७६ मा सरकारी कोष १ खर्ब ९ अर्बले घाटामा गएको थियो ।

सरकारले चालू खर्चमा ब्यापक रुपमा कटौती नगर्ने हो भने आगामी दिनमा यो अवस्था थप विकराल बन्दै जाने अनुमान छ । आर्थिक वर्ष २०७०–०७१ मा सरकारले कर्मचारीलाई तलव, सामाजिक सुरक्षा, अनुदान र दैनिक प्रशासनिक कार्यका लागि ३ खर्ब ३३ अर्ब रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्ष २०७९–०८० सम्म आइपुग्दा चालू शीर्षकमा ११ खर्ब ८३ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । बढ्दो चालू खर्चले मुलुकको अर्थतन्त्रका लागि अर्को खतराको संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *