खेलकूद
यु–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै
२०७९ फागुन १६ गते ९:१०
१६ फागुन २०७९ काठमाडौं । युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।
नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सा मना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट शुरु हुनेछ ।
नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेत र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।
मलेसियाले भने चौथो खेलमा दोस्रो जितको खोजिमा रहेको छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।
प्रतिक्रिया