खेलकूद

यु–१९ पुरुष विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

हिमालय टिभी
२०७९ फागुन १५ गते १७:५४
यु–१९ पुरुष विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

१५ फागुन २०७९ काठमाडौं । आईसीसी अण्डर नाइन्टिन पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।

अपराजित यात्रा कायम राख्ने क्रममा आज नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो। यूएईस्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा आकाश त्रिपाठीले अविजित ५८ रन बनाए । प्रतियोगितामा आकाशको यो दोस्रो अर्धशतक हो । उत्तम थापाले अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो ।

हङकङका लागि पर्थ भागवातले ३६, मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले ३, आकाश चन्द र सुवास भण्डारीले २र२ तथा दीपेश कंडेलले १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागी छन । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने अण्डर नाइन्टिन विश्वकपका लागि छनोट हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्