खेलकूद

कुस्ती खेल किन पुगेन राज्यकाे ध्यान ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १५ गते १७:३७
कुस्ती खेल किन पुगेन  राज्यकाे ध्यान ? (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७९ दाङ । परम्परागत खेलका रुपमा रहेको कुस्तीप्रति राज्यले ध्यान नै दिने गरेको छैन । कुस्तीको नियमन गर्नका लागि नेपाल कुस्ती संघ त छ, तर, संघका पदाधिकारी रिङमा खेल्नुपर्ने कुस्ती संघभित्र खेल्दै आएका छन् ।

जसको असर सर्वत्र कुस्ती खेलमा परेको छ । राज्यबाट कुस्ती खेलका लागि खासै लगानी भएको छैन भने खेलाडीले पनि कुस्तीमा भविष्य देखेका छैनन् । कुस्ती खेलमा लगानी गरेर नियमित संचालन गर्न माग गर्छन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका रमेश गोतामेले कुस्ती खेल्न थालेको करिब १३ वर्ष भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा गरी ८ वटा स्वर्ण पदक जितिसक्नु भएको छ । तर, राज्यले अन्य खेललाई जस्तै गरी कुस्ती खेल र खेलाडीलाई कुनै चासो नदिएको उहाँको गुनासो छ ।

संघले कुस्ती प्रवर्द्धनकालागि खासै पहल नगरेपनि विभिन्न संस्थाहरुले बेलाबेला प्रतियोगिता आयोजना गर्दै आएका छन् । यसै क्रममा दाङको तुलसीपुरमा भारत र नेपालका खेलाडी सहभागी गराएर कुस्ती प्रतियोगिता आयोजना गरिएको छ ।

युथ अफ तुलसीपुरले आयोजना गरेको कुस्ती प्रतियोगितामा भारतका चार महिला र तीस पुरुष खेलाडी र नेपालका पाँच खेलाडीले सहभागिता जनाएका छन् ।

पछिल्लो समय युवा पुस्ता कुलतमा फसेको भन्दै त्यसलाई कुस्ती खेलले रोक्न सक्ने जानकार बताउँछन् ।

जिल्लामा पहिलो पटक कुस्ती प्रतियोगिता भएपछि स्थानीय समेत उत्साहित छन् । उनीहरूले अन्य खेल जस्तै कुस्ती खेललाई अगाडि बढाउन राज्यले ध्यान दिनु पर्ने सुझाव दिएका छन् ।

राज्यको कम लागनी, त्यसमाथि पनि संघभित्रको विवाद । जसले गर्दा कुस्ती खेल माथि उठ्न सकेको छैन । कुस्तीमा भारतको स्तर निकै माथि छ । भारत पनि कुस्ती खेलको विकासमा लागि परेको अवस्थामा अन्तरदेशीय प्रतियोगिता आयोजना गर्नु र सहभागिता जनाउनुले नेपालको कुस्ती खेलले केही सफलता पाउन सक्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्