खेलकूद

विश्वकप लिग–२ क्रिकेटमा नेपाल र पपुवान्युगिनी भिड्दै

हिमालय टिभी
२०७९ फागुन १५ गते ९:१५
विश्वकप लिग–२ क्रिकेटमा नेपाल र पपुवान्युगिनी भिड्दै

१५ फागुन २०७९ काठमाडौं । युएईमा सोमवारबाट शुरु हुने विश्वकप लिग टुको यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीसँग खेल्दैछ ।

नेपाल र पीएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान १२ बजे शुरु हुँदैछ । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण युएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टुको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज हो । फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ ।

फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्