खेलकूद
विश्वकप लिग–२ क्रिकेटमा नेपाल र स्कटल्याण्ड भिड्दै
२०७९ फागुन ९ गते ९:२६

९ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।
विश्वकप लिग-२ को विजेता बनिसकेको स्कटल्याण्डबिरुद्ध नेपालको खेल कीर्तिपुरस्थित त्रिभुवन् विश्वविद्यालयको खेल मैदामा बिहान ९ बजेबाट शुरु हुनेछ । २०१९ देखि शुरु विश्वकप लिग-२ मा स्कटल्याण्डले मंगलवार आफ्नो अन्तिम खेल खेल्दैछ ।
शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलवारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया