खेलकूद

विश्वकप लिग टूमा नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

कुशल, आरिफ र ज्ञानेन्द्रको उत्कृष्ट व्याटिङ

हिमालय टिभी
२०७९ फागुन ६ गते १७:०५
विश्वकप लिग टूमा नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

६ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

ज्ञानेन्द्र मल्ल र आशिफ शेखले दोस्रो विकेटका लागि एक सय ३९ रनको बलियो साझेदारी गरेपछि नेपालले नामिवियालाई तीन विकेटले हरायो ।

जितसँगै नेपालले डिभिजन टू लिग तालिकामा २४ अंक बनाएको छ । लिग टूमा अब नौ खेल बाँकी रहँदा नेपालले एक दिवशीय मान्यतामा टिकिराख्नका लागि ६ खेल जित्नुपर्नेछ । यो सिरिजमा नेपालविरुद्ध दुबै खेल हारेपनि नामिविया ३३ खेलमा ३७ अंक बनाएर तेस्रो स्थानमा पकड जमाएको छ ।

कीर्तिपुर मैदानमा आज भएको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालविरुद्ध नोमिवियाले ६ विकेट विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । उसका लागि ज्यान ग्रिनले अविजित ७५ रन बनाए । त्यस्तै पिक्कि या फ्रान्सले ४९ रन जोडे । बलिङतर्फ सन्दिप लामिछानेले तीन विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्यो ।

सो लक्ष्य नेपालले ४७ ओभर तीन बलमा सात विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । यस्तै रोहित कुमार पौडेलले ३९ रन जोडे ।

स्कटल्याण्ड, नामिबिया र नेपालसम्मेलित त्रिदेशीय सिरिजमा नेपालले पर्सी मंगलबार स्कटल्याण्डको सामना गर्नेछ । अन्तिम सिरिज खेलिरहेको स्कटल्याण्ड विश्वकप छनोटमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्