खेलकूद

विश्वकप क्रिकेट लिग–२ : नेपाल स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

२०७९ फागुन ५ गते ९:२४
विश्वकप क्रिकेट लिग–२ : नेपाल स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

५ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दैछ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । स्कटल्यान्डले नेपालविरुद्ध ब्याटिङ थालेको छ ।

नेपालले यसअघि नामिबियासित खेलेको पहिलो खेलको टोलीमा सामान्य परिवर्तन गरेको छ । नेपालले ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झालाई स्थान दिएको छ । नेपालले स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो । स्कटल्यान्ड बिना दबाब मैदानमा उत्रने छ । अब तीन खेल खेल्न बाँकी रहेको अवस्थामा स्कटल्यान्ड लिग–२ को विजेता बनिसकेको छ । उसले हालसम्म ३३ खेलबाट ४८ अङ्क जोडिसकेको छ ।

नेपालले भने हालसम्म खेलका २५ खेलबाट २० अङ्क मात्र जोडेको छ । नेपाल सात टोली सहभागी लिग–२ को छैटौँ स्थानमा छ । नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । स्कटल्यान्डविरुद्ध आज खेल्ने नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्