खेलकूद

फिप्टिन्स-रग्बी लिग : रग्बी खेलमा जाग्यो आश (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ३ गते २०:४९
फिप्टिन्स-रग्बी लिग : रग्बी खेलमा जाग्यो आश (भिडियो रिपोर्टसहित)

३ फागुन २०७९ काठमाडौं । विश्व खेलकुदमा रग्बी सँधै चर्चामा रहने खेल हो । तर नेपाल भने यो खेल भ्रूण अवस्थामै छ भन्दा फरक नपर्ला । अन्य खेलको तुलनामा रग्बी धेरैका लागि नयाँ छ । यस्तोमा काठमाडौंमा जारी ‘फिप्टिन्स–रग्बी’ लिगबाट यसले नेपालमा आफ्नो बलियो उपस्थिति जनाउने कोशिस गरिरहेको छ ।

१९औं शताब्दीमा बेलायतबाट सुरु भएको रग्बी खेल नेपालमा भने २०४८ सालदेखि औपचारिक रुपमा खेल्न थालिएको हो । नेपालमा २०५२ सालमा रग्बी संघ गठन भएको इतिहास छ। ६० को दशकसम्म नेपालमा रग्बीको गतिविधि शून्य जस्तै रह्यो । २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षता रग्बी संघको पुनर्गठन भएपछि मात्र यसले गति लिन थाल्यो ।

साधारणतया फुटबलमा जस्तै दुई टोलीबीचको प्रतिस्पर्धा यस खेलमा हुन्छ । एक टोलीमा १५ खेलाडी सम्मिलित प्रतिस्पर्धामा मैदानमा विपक्षीको अन्त्य रेखा पछाडि बल लैजाने प्रतिस्पर्धा हुन्छ । यस बाहेक विपक्षीको पोष्ट र क्रसबारबाट बल पास गर्दै खेलको निर्धारित ८० मिनेटसम्म उच्चतम स्कोर बनाउने टोलीले जित हात पार्छ ।

विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडी खेल्ने रग्बी(१५ हो भने विगतमा नेपालमा भने ७ खेलाडी खेल्ने रग्बी(सेभेन खेलिँदै आएको छ । नेपाली खेल क्षेत्रमा परिचय बनाउँदै बामे सर्दै गरेको यो खेलमा केही वर्ष अगाडिसम्म सिमित खेलाडी र टोली रहे पनि हाल धेरैको नजरमा परेको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेप सदस्यसचिवको जिम्मेवारीमा संघका पूर्व अध्यक्ष टंकलाल घिसिङ आएसँगै रग्बीबारे केही चासो र गतिविधि पनि बढेको छ । तर यो खेलका विषयमा दर्शकलाई बुझाउन नसक्दा र पूर्वाधार अभावका कारण चुनौती भने धेरै नै छन् ।

राखेपमा घिसिङको प्रवेशसँगै बृहत राष्ट्रिय खेलकुदको नवौं संस्करणमा रग्बीले डेब्यु गर्दा नेपालले १८ वर्ष मुनिको एसिया रग्बी(सेभेन्स च्याम्पियनसिपको पुरुष र महिलातर्फको प्रतियोगिता आयोजना गरिसकेको छ ।

नेपालमा आयोजना गरेको यो नै पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हो । त्यस्तै गत वर्ष बंगलादेशमा भएको अन्तर्राष्ट्रिय सिरिजमा नेपालले रग्बी–फिप्टिन्स खेलेको थियो । यद्यपी २०७६ सालमै जापानमा भएको रग्बी विश्वकपको ट्रफी टुर नेपालमा समेत ल्याईएको थियो । यसले पनि नेपालमा यो खेलप्रति धेरैको ध्यान तानेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्