खेलकूद
प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी
२०७९ फागुन २ गते ९:३४
२ फागुन २०७९ काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।
प्रिमियर लिग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा लिभरपुलले एभर्टनमाथि २(० को जित निकाल्यो । घरेलु मैदानमा लिभरपुलका लागि मोहमेद सलाह र कोडी गोप्कोले एक(एक गोल गरे ।
सलाहले ३६औं र गोफकोले ४९औं मिनेटमा गोल गरेका थिए । जितसँगै २१ खेलबाट ३२ अंक जोड्दै लिभरपुल नवौं स्थानमा उक्लिएको छ । एभर्टन रेलिगेशन जोनमा छ ।
प्रतिक्रिया