खेलकूद

राजनीतिका गेम चेन्जर ओलीको लिगेसी अब खेल क्षेत्रमा (भिडियो रिपोर्टसहित)

२०७९ माघ २९ गते २१:२२
राजनीतिका गेम चेन्जर ओलीको लिगेसी अब खेल क्षेत्रमा (भिडियो रिपोर्टसहित)

२९ माघ २०७९ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिक क्षेत्रका चतुर खेलाडी हुन यसमा कुनै शंका छैन् । पछिल्लो समय नेपाली राजनीतिका गेम चेन्जर उनै ओलीको लिगेसी अब खेल क्षेत्रमा पनि देखिने भएको छ ।

उनकै दलको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल उनकै नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । त्यतिमात्र होइन युवा संघले ओलीकै नाममा क्लब समेत दर्ता गरेर खेल क्षेत्रमा चासोसमेत देखाएको छ ।

विश्वभरी नै ठूला नेता तथा उच्च ओहोदाका व्यक्तिको सम्मानमा विकास परियोजना, अस्पताल, शैक्षिक केन्द्र, प्रतिष्ठान बनाइएको छ । नेपालमै पनि राजनीतिज्ञ, राजपरिवार र ख्याती प्राप्त व्यक्तिको सम्मानमा उनीहरुकै नाममा विभिन्न संघ संस्था र पूर्वाधारहरु बनेका छन् ।

यसमा पछिल्लो पटक जोडिएको छ केपी ओली फुटबल क्लब । आफ्नै आयोजनामा हुन लागेको प्रतियोगितामा युवा संघ नेपालले ओलीको नाममा क्लब खडा गरेर गैर नाफामूखी संस्थाका रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्तासमेत गरेको छ ।

शक्ति र सत्तामा रहेका व्यक्तिले आफ्नो नाम लामो समय कायम राख्न विभिन्न तिकडम अपनाएका उदाहरण छन । सँधै चर्चा र शक्तिको केन्द्रमा रहने बानी परेका ओलीको नाममा फुटबल क्लब दर्ता हुनु त्यसकै अर्को कदमका रुपमा समेत हेरिएको छ । तर राजनीतिमा चर्चाको पात्र र छुट्टै विरासत बोकेका ओलीको नाम खेल क्षेत्रमा आउँदा यो क्षेत्रमा पनि धेरैको ध्यान तानिने युवा संघको दाबी छ ।

एमालेकै अर्को भातृ संगठन नेपाल खेलकुद महासंघलाई चुनौती दिन भन्दा पनि युवाको आकर्षणको केन्द्र खेलकुद बन्ने हुँदा समग्र खेल क्षेत्र पनि आफ्नो कार्यक्षेत्रकै युवा संघको भनाइ छ । राज्यको उपेक्षामा परेको खेल क्षेत्रमा ठूला दलको आकर्षण हुनु सकारात्मक पक्ष हो । तर खेल क्षेत्रमा नेताको नाममा राजनीति मात्रै गरिए त्यसले स्रोतको दुरुपयोग त हुन्छनै यो भन्दा बढी युवाको भावनामाथि घातसमेत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्