खेलकूद

साफ २० वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

हिमालय टिभी
२०७९ माघ २६ गते ९:१७
साफ २० वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

२६ माघ २०७९ काठमाडौं । साफ २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज आयोजक बङ्गलादेशसँग खेल्दैछ ।

यो खेल साँझ पौने ६ बजे ढाकास्थित विर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । लिग चरणमा भएको खेलमा बङ्गलादेशले नेपाललाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्