खेलकूद

भारतलाई ३–१ ले हराउँदे नेपाल अण्डर ट्वेन्टी फुटबलको फाइनल प्रवेश

हिमालय टिभी
२०७९ माघ २४ गते १७:५३
भारतलाई ३–१ ले हराउँदे नेपाल अण्डर ट्वेन्टी फुटबलको फाइनल प्रवेश

२४ माघ २०७९ काठमाडौं । नेपाल बंगलादेशमा जारी २० वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा अन्जली चन्द, प्रीति राई र अमिसा कार्कीले एकएक गोल गरे ।

भारतकी अपूर्ण नार्जारीले गोल गरिन् । नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो ।

खेलको २० औं मिनेटमा अपूर्णले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा अन्जलीले गोल गर्दै नेपाललाई १(१ गोलको बराबरीमा ल्याइन ।

६९ औं मिनेटमा कप्तान प्रीतीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाउँदा ८९ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाइन । जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो ।

नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारतको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । तर, भारतले भुटान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

आज हुने अर्को खेलमा भुटानले बंगलादेशलाई पराजित गरे भारत फाइनलमा पुग्नेछ । बंगलादेश ४ अंक जोडेर तेस्रो स्थानमा छ । भुटान अंक विहीन छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्