खेलकूद

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथिको निलम्बन फुकुवा

हिमालय टिभी
२०७९ माघ १८ गते १३:२०
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथिको निलम्बन फुकुवा

१८ माघ २०७९ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ ।

नेपाल क्रिकेट संघ, क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । बलात्कारको आरोप लागेसँगै उनलाई क्यानले भदौ २३ गते निलम्बन गरेको थियो भने कप्तान पद पनि गुमेको थियो ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका लामिछाने अहिले धरौटीमा रिहा भएका छन् । असोज २० गते पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत पाटनले उनलाई पुस २८ गते २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।

यसैबीच महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्