खेलकूद
सेभेन थ्री स्पोर्टसले क्यानसँगको सम्झौता किन गर्यो भंग ?
२०७९ माघ १७ गते १७:३९

१७ माघ २०७९ काठमाडौं । नेपाल टी–२० लिगको साझेदार कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल क्रिकेट संघ (क्यान)सँग गरेको रणनीतिक र व्यापारिक सम्झौता भंग गरेको छ ।
क्यानले पत्रकार सम्मेलन गरी कम्पनीसँग गरेको सम्झौता रद्द गर्ने बताएको ५ दिन पछि आज सेभन थ्री आफैंले एकतर्फी रुपमा सम्झौता भंग गरेको पत्र क्यानलाई पठाएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले पनि लिगमा स्पट फिक्सिङमा सेभेन थ्रीकै प्रमुख जतिन अहुवालीयाको संलग्नता देखिएको बताएको छ । क्यानले ८ वर्षका लागि ३३ करोड रुपैयाँमा सेभेन थ्रीलाई साझेदार बनाएको थियो ।
जस अनुसार क्यानले लाइसेन्स शुल्कबापत पहिलो वर्षमा पाउनु पर्ने ३ करोड ९० लाख रुपैयाँ मध्ये १ करोड २० लाख रूपैयाँमात्र पाएको छ ।
प्रतिक्रिया