खेलकूद

क्यान अध्यक्षसहित पाँच पदाधिकारीको राजीनामा माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ १५ गते १६:२७
क्यान अध्यक्षसहित पाँच पदाधिकारीको राजीनामा माग (भिडियो रिपोर्टसहित)

१५ माघ २०७९ काठमाडौं । नेपाल ट्वेन्टी–ट्वेन्टी लिगमा नेपाल क्रिकेट संघ क्यानको कार्यसम्पादन समितिले कमजोरी गरेको भन्दै अध्यक्ष चतुरबहादर चन्दसहित ५ पदाधिकारीको राजीनामा माग गरिएको छ ।

लिग विवादमा गल्ती स्वीकार गरेर क्यान नेतृत्व उम्किने छुट नभएको भन्दै क्यानकै ७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष चन्दसहितका पदाधिकारीको राजीनामा माग गरेको हो ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आज पत्रकार सम्मेलन गरी पाँच पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका प्रशान्तविक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको राजीनामा माग गरे ।

क्यान नेतृत्वले गल्ती स्वीकार गरेर पन्छिनु भन्दा राजीनामा गरेर छानविनलाई सघाउनु पर्ने केन्दिय सदस्यहरुको माग छ ।

लिगमा विभिन्न विवाद र स्पट फिक्सिङमा क्यानको साझेदार सेभेन थ्रीकै संलग्नता पाएको नेपाल प्रहरीको अनुसन्धानमा देखिएको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यदलले समेत क्यान र सेभेन थ्रिबीचको सम्झौता गैरकानुनी भएको उल्लेख गरेको छ ।

गत सातामात्र क्यान नेतृत्वले लिगमा गल्ती भएको स्विकार गर्दै फिक्सिङमा सम्बन्धित पक्ष दोषी रहेको र यसमा क्यानको कुनै संलग्नता नरहेको जिकिर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्