खेलकूद
बेलारुसका साबलेन्कालाई महिलातर्फको अष्ट्रेलियन ओपन टेनिसको उपाधि
२०७९ माघ १५ गते ९:५३
१५ माघ २०७९ काठमाडौं । बेलारुसका आर्यना साबलेन्काले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जित्नुभएको छ ।
मेलबर्नमा हिजो भएको फाइनलमा काजकिस्तानका एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बन्नुभएको हो । पाँचौं वरीयताका साबलेन्काले एलिनालाई ४–६, ६–३ र ६–४ ले पराजित गर्नुभयो ।
साबलेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो । पुरुषतर्फको उपाधिका लागि भने सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपासबीच आज प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया