खेलकूद

सन्दीप किन परेनन् टिममा, के भन्छ क्यान ?

२०७९ माघ १३ गते १८:५७
सन्दीप किन परेनन् टिममा, के भन्छ क्यान ?

१३ माघ २०७९ काठमाडौं । नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि टोलीमा राख्न पहल गरे पनि टोलीमा राख्न सकेन ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई गत महिना उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न निर्देशन दिएको थियो ।

लगतै त्रिवि मैदानमा प्रशिक्षणका लागि गएसँगै उनी टोलीमा फर्किने विषयमा चर्चा थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले पनि नेपाली कानुनले अनुमति दिएको खण्डमा सन्दीपलाई खेलाउन सकिने बताएको थियो ।

त्यसैले क्यानले सरकारी वकिलको कार्यलय, राष्ट्रिय खेलकुद परिषद राखेप र महान्याधिवक्ताको कार्यलयको सुझाव माग गरे पनि जवाफ आइसकेको छैन ।

सरोकारवाला निकायबाट सकारात्मक जवाफ आएको खण्डमा मात्र सन्दीपलाई प्रशिक्षणमा बोलाउने क्यानको तयारी छ । आरोपित सन्दीपलाई क्यानले निलम्बनको सूचीमा राखेको छ । यस विषयमा १७ गते बस्ने क्यानको बोर्ड बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्