खेलकूद

क्यानले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाई, सन्दीप परेनन्

हिमालय टिभी
२०७९ माघ १३ गते १८:४८
क्यानले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाई, सन्दीप परेनन्

१३ माघ २०७९ काठमाडौं । अर्को महिना घरेलु मैदानमा हुने आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ क्यानले युवा खेलाडी अंकित सुवेदी र मौसम ढकाललाई पहिलो पटक टोलीमा समेट्दै प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएको हो । घरेलु प्रतियोगितामा ओपनर ब्याटर अंकित प्रदेश १ बाट र लेग स्पिनर मौसम ढकाल एपिएफबाट खेल्दै आएका छन् ।

यी दुई सहित सिद्धान्त लोहनीलाई पहिलो पटक एक दिवसिय खेलका लागि टोलीमा बोलाईएको छ । उनलाई ५ वर्षपछि सिनियर टोलीको प्रारम्भिक प्रशिक्षणमा सामेल गराईएको हो ।

यसपटक अनुभवी खेलाडी शरद भेषावकर सहित सन्दीप जोरा, अभिनाश बोहरा, कुशल मल्ल, अनिल शाह, विक्रम सोब र भुवन कार्की पनि टोलीमा फर्किएका छन् ।

लिग टु अन्तर्गत नेपालले फागुन २ गतेदेखि घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग एक दिवसिय सिरिज खेल्नेछ । लिग टु मा २४ खेल खेल्दा ८ जितसहित १८ अंक जोड्दै नेपाल छैटौं स्थानमा छ ।

तालिकाको शीर्ष ५ टोलीको एक दिवसीय मान्यता कायम रहने छ । अब १२ खेल बाँकी रहेको नेपाल कम्तिमा पनि शीर्ष ५ भित्र पर्दै आफ्नो एक दिवसिय मान्यता जोगाइ राख्न लक्ष्यमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्