खेलकूद

‘ए’ डिभिजन लिगको खेल तालिका आज सार्वजनिक नहुने

हिमालय टिभी
२०७९ माघ २ गते ९:१३
‘ए’ डिभिजन लिगको खेल तालिका आज सार्वजनिक नहुने

२ माघ २०७९ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक नहुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिगको तालिका आज सार्वजनिक गर्ने तयारी गरेको थियो । तर हिजो एक सूचना जारी गर्दै खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

पोखरामा हिजो विमान दुर्घटना भएपछि सरकारले आज शोक विदा दिएको छ । सोही कारण पूर्वनिर्धारित कार्यक्रम अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको एन्फाले जनाएको छ । शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्