खेलकूद

आहा रारा गोल्डकपमा भोलि बिवाइएससी र संकटाबीच उपाधि भिडन्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २२ गते १८:१६
आहा रारा गोल्डकपमा भोलि बिवाइएससी र संकटाबीच उपाधि भिडन्त (भिडियो रिपोर्टसहित)

२२ पुस २०७९ कास्की । २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि भोलि भुटनिज युथ स्पोर्टस क्लब बिवाईएससी र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

फेवाताल किनारमा आयोजित आज आयोजित प्रि(म्याच कन्फरेन्समा दुबै टोलीका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन ।

संकटा र भुटनिज युथ स्पोर्टस् क्लबका कप्तानले यसअघि गल्तीलाई सुधार्दै राम्रो खेल प्रदर्शन गर्ने बताए ।

संकटाले यसअघि एक पटक उपाधि जितिसकेको छ भने भुटनिज युथ स्पोर्टस क्लब उपाधि उचालेर इतिहास रच्ने दाउमा छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १२ लाख र उपविजेता टिमले ६ लाख प्राप्त गर्ने छ । फाइनल खेल भोलि दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

प्रतिक्रिया

One thought on “आहा रारा गोल्डकपमा भोलि बिवाइएससी र संकटाबीच उपाधि भिडन्त (भिडियो रिपोर्टसहित)

  1. अयोजक सहारा क्लब का निर्देशक /अयोजक रु ३०० को टिकट महङोग भयो जाबो ए डिबिजन को खेल्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्