खेलकूद

टी–ट्वेन्टी लिग क्रिकेटमा फिक्सिङ हुने गरेको खुलासा, छानबिनको निर्देशन

हिमालय टिभी
२०७९ पुष १९ गते १५:००
टी–ट्वेन्टी लिग क्रिकेटमा फिक्सिङ हुने गरेको खुलासा, छानबिनको निर्देशन

१९ पुस २०७९ काठमाडौं । नेपाल टी–ट्वेन्टी लिग क्रिकेटमा फिक्सिङ हुने गरेको खुलासा भएको हो ।

सुरुदेखि नै विवादित फ्रेन्चाइज क्रिकेट नेपाल टी–ट्वेन्टी लिगमा स्पट फिक्सिङ हुने गरेको खुलासा भएको हो । नेपाल टी–२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले आज फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको छ ।

फिक्सिङ भएको विषयलाई लिएर नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले समेत पुष्टि गरेका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले आफ्नै टीमका एक खेलाडीलाई फिक्सरका लागि अफर आएको दावी गरे ।

बेटिङ कम्पनी सेभेन थ्री स्पोर्टसलाई कमर्सियल अधिकार दिएर क्यानले प्रतियोगिताको आयोजना गरेको थियो। टिम मालिकलाई समेत गोप्य राखेर सञ्चालन गरिएको प्रतियोगितामा फिक्सिङको आशंका सुरुवातदेखिनै हुदै आएको थियो ।

यता, गृह मन्त्रालयले फिक्सिङको बारेमा अनुसन्धान अघि बढाउन सीआइबीलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्