खेलकूद

विश्वकपमा क्रोएसिया तेस्रो

२०७९ पुष ३ गते ७:२९
विश्वकपमा क्रोएसिया तेस्रो

३ पुस २०७९ काठमाडौं । फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा हिजो तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक(एक गोलको बराबरीमा ल्याए ।

खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए । जुन गोल नै क्रोएसियाको जितका लागि निर्णयक बन्यो । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा रह्यो ।

प्रतियोगिताको फाइनल खेल आज हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्