खेलकूद
कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट भएको फिफाको प्रतिक्रिया
२०७९ पुष २ गते ९:०५
![कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट भएको फिफाको प्रतिक्रिया](https://www.himalayatv.com/wp-content/uploads/2022/12/gianni-infantino.jpg)
२ पुस २०७९ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा जारी विश्वकप फुटवल अहिलेसम्मकै उत्कृष्ट भएको बताएको छ ।
दर्शकको उपस्थिति, टोलीको व्यवस्थापन र अन्य विभिन्न हिसाबले पनि कतार विश्वकप उत्कृष्ट भएको फिफाको प्रतिक्रिया छ ।
फिफा काउन्सिलको बैठकपछि अध्यक्ष जियानी इन्फान्टिनियोले खेल अवधिभर समर्थकले प्रतियोगिताको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइँ सहज भएको प्रतिक्रिया दिएको बताउनुभयो ।
अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद दिँदै उहाँले फुटबललाई अझै विश्वव्यापी बनाउन कतार विश्वकपले ठूलो भूमिका खेलेको बताउनुभयो ।
प्रतिक्रिया