खेलकूद

विश्वकपमा तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया खेल्दै

हिमालय टिभी
२०७९ पुष २ गते ८:५३
विश्वकपमा तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया खेल्दै

२ पुस २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुँदैछ ।

तेस्रो स्थानका लागि प्ले अफमा आज मोरक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हुने खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

यस्तै साविक उपविजेता युरोपियन टोली क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए ।

जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल भने भोली राती हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

नेपालमा प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन एचडी र हिमालय टेलिभिजन प्रिमियममा हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्