राजनीति

दलको नेता चयनपछि मात्रै सरकार गठनबारे छलफल हुन्छः प्रचण्ड

हिमालय टिभी
२०७९ मंसिर २४ गते १६:३२
दलको नेता चयनपछि मात्रै सरकार गठनबारे छलफल हुन्छः प्रचण्ड

२४ मंसिर २०७९ काठमाडौं । नेकपा माओवादी केन्दका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताउनु भएको छ ।

काठमाडौंमा पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको मत परिणाम पेश गरेपछि मात्रै प्रक्रिया सुरु गर्ने बताउनुभएको हो ।

अर्को कार्यक्रममा प्रचण्डले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको दावी गर्नु भएको छ ।

पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले आज काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका कसैले खोस्न नसक्ने बताउनुभएको हो । उहाँले निराश नहुन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टीलाई विचारको दृष्टिले तथा सुचना र प्रविधिको सदूपयोग गर्ने दृष्टिले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्