खेलकूद

यसरी पूरा भयो विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण

हिमालय टिभी
२०७९ मंसिर २१ गते ९:१७
यसरी पूरा भयो विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण

२१ मंसिर २०७९ काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

राति भएका खेलबाट पोर्चुगल र मोरोक्को अन्तिम आठमा पुगेसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । राति निर्धारित ९० मिनेट र थप गरिएको समयमा कुनै पनि टिमले गोल गर्न सकेनन् । त्यसपछि पेनाल्टी सुटआउटमा मोरोक्कोले स्पेनलाई ३–० ले हराएको हो ।

यस्तै राति नै भएको खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डविरुद्ध ६–१ को शानदार जीत निकालेको छ । योसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङ्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् । अब पहिलो क्वाटरफाइनलमा शुक्रबार ब्राजिल र क्रोएसिया खेल्नेछन् ।

यस्तै दोस्रो क्वाटरफाइनलमा शनिबार नै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । शनिबार फ्रान्स र इङ्ल्यान्ड तथा मोरक्को र पोर्चुगल खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्