खेलकूद

विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

हिमालय टिभी
२०७९ मंसिर २० गते ९:०४
विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै

२० मंसिर २०७९ काठमाडौं । विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

आज पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

अर्को खेलमा पोर्चुगल र स्वीट्जरल्यान्ड राति पौने १ बजे खेल्नेछन् । पोर्चुगल समूह ‘एच’ को विजेता र स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

विश्वकप फुटबलको क्वाटरफाइनलमा क्रोएसिया र ब्राजिल खेल्ने भएका छन् । राति भएको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले तथा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै अन्तिम आठमा पुगेका हुन् ।

अब यी दुई टोलीले सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् । राति भएको खेलमा ब्राजिलले दक्षिण कोरियामाथि दबाब जमाएको थियो । ब्राजिलले पहिलो हाफमै ४ गोल गरेको थियो ।

दोस्रो हाफमा दक्षिण कोरियाले एक गोल फर्काए पनि ब्राजिल ४–१ ले विजयी भयो । यस्तै निर्धारित ९० मिनेट र थप गरिएको समयमा १–१ को बराबरी भएपनि पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्