खेलकूद

फिफा विश्वकप फुटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७९ मंसिर १९ गते ९:३०
फिफा विश्वकप फुटबलमा आज दुई खेल हुँदै

१९ मंसिर २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि क्वाटरफाइनलका २ खेल हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिष्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ ।

आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिष्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ । आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्