खेलकूद

विश्वकप क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग पराजित

२०७९ मंसिर १८ गते २०:१०
विश्वकप क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग पराजित

१८ मंसिर २०७९ काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो । यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको लक्ष्य दिएको थियो । जवाफमा स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४७ बलमा सात चौकासहित ४३ रनको योगदान दिएका हुन् । त्यस्तै ब्रेन्डन म्याकमलन ३२ रनमा अविजित रहे भने माइकल लिस्कले २२ रन बनाए । ओपनर जर्ज मुन्शेले १७ रन जोड्दा म्याथ्यु क्रसले १३ रन बनाए ।

नेपालका ललितनारायण राजवंशी, गुलशन झा र सागर ढकालले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको थियो । नेपालका गुलशन झाले २९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यसैगरी ज्ञानेन्द्र मल्लले ३९ बलमा तीन चौकासहित २५ रन जोडे भने कुशल भुर्तेलले १७ रन बनाए । दीपेन्द्रसिंह ऐरी नौ रनमा आउट हुँदा करण केसीले आठ रन जोडे । आसिफ शेख सात रनमा ‘क्याच आउट’ भए भने सागर ढकालले चार तथा ललितनारायण राजवंशीले तीन रन जोडे ।

स्कटल्याण्डका क्रिस सोलले तीन विकेट लिँदा मार्क वाटले दुई विकेट लिए । ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले समान एक–एक विकेट झारे ।

यसअघि भएको नेपाल र नामिबियाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क जोडेका थिए । नेपालले अब बुधबार नामिबियासँग खेल्नेछ । स्कटल्याण्ड ३० खेलमा २१ मा जित र ७ मा हारका साथ ४४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको हो । नेपाल २२ खेलमा ८ मा जित र १२ मा हारसहित १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्