खेलकूद

विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

हिमालय टिभी
२०७९ मंसिर १६ गते ९:२३
विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

१६ मंसिर २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणका ४ खेल हुँदैछन् ।

विश्वकपमा आज समूह ‘एच’ र समूह ‘जी’ को दुई–दुई खेल हुने छन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार राति ८ः४५ बजे शुरु हुनेछ ।

यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाइसकेको छ भने अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना छ । पोर्चुगल ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहँदा घाना ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा छ ।

यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यस समूहको दुवै खेल राति १२ः४५ बजे शुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विट्जरल्याण्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्