खेलकूद

विश्वकप फुटबल : बेल्जियमविरुद्ध मोरक्को विजयी

२०७९ मंसिर ११ गते २१:४२
विश्वकप फुटबल : बेल्जियमविरुद्ध मोरक्को विजयी

११ मंसिर २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ ।

मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले पराजित गरेको हो । मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २-० को जीत हात पा-यो ।

जीतसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोले दुई खेलमा चार अङ्क जोडेको छ । समूहमा बेल्जियमको तीन, क्रोएसिया एक र क्यानडा शुन्य अङ्क छ । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्यानाडा र क्रोएसिया भिड्नेछन् । उक्त खेल नेपाली समयानुसार ९ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्